१. गोपाल वंश
काठमाडौँ उपत्यकामा मानव बसोवासको थालनी भएपछि गोपालहरूले आफ्नो राज्य स्थापना गरी शासन गर्न सुरु गरे । यो वंशका आठजना राजाहरूले यहाँको शासन चलाएका थिए । यो वंशका प्रथम राजा भूमि गुप्त र अन्तिम राजा विष्णु गुप्त हुन् । हालका कीर्तिपुर, फर्पिङ, खोप्रि, थानकोट, बलम्बु, टिस्टुङ, पालुङ जस्ता ठाउँहरूमा त्यसबेला गोपालहरूको बाक्लो बस्ती थियो । ती गोपालका सन्तति गोपालीहरू भएको अनुमान गरिएको छ
१. गोपाल भन्नाले केलाई बुझाउँछ ? 
        गाईपालक समुदायलाई
२. नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ? 
        गुप्‍तवंशी
३. गोपालहरुको राजधानी कहाँ थियो ? 
        कीर्तिपुरको दक्षिणतर्फको मातातिर्थ
४. गोपालहरुले कति बर्ष राज्य चलाएका थिए ? 
        -५२१ वर्ष
५. नेपालमा प्राप्‍त सबैभन्दा पुरानो वंशावली कुन हो ? 
        -गोपाल वंशावली
६. गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन्
        यक्ष गुप्‍त
७. गोपालवंश पछि नेपालमा कुन वंशले शासन गर्यो
        अहिर (महिषपाल)

२. महिषपाल वंश
गोपालहरूको शासन अन्त्य भएपछि महिपालहरूले आफ्नो राज्य स्थापना गरी तीन पुस्तासम्म शासन गरे । महिषपाल वंशका पहिला राजा बरसिंह र अन्तिम राजा भुवनसिह हुन् । यिनीहरुलाई आभीर वा अहिर पनि भनिन्छ । महिषपालको शाब्दिक अर्थ भैँसी पालन गर्ने जाति हो । टोखेलमा पुरानो भैँसी खर्क रहेको लोक इतिहास हुनाले महिपालहरू त्यतै बसोबास गर्ने गरेको अनुमान गरिन्छ । गोपार महिपालहरू प्रकृति, गाई, पितृ र देवीदेवताको पूजा गर्ने मानिसहरू थिए भन्ने कुरा मातातीर्थ, गोकर्, पितृपूजा, मत्स्यनारायण, पशुपतिनाथ आदिको स्थापना पूजा व्यवस्थाबाट बुझ्न सकिन्छ ।
१. गोपालवंशी राजाहरू नि:सन्तान हुँदा नेपालको सत्ता कसको हातमा पुग्यो ?
        -आभिर(महिषपाल)
२. सिम्रौनगढ र जनकपुरबीचको भुमिमा भैँसी पाल्ने भएकोले आभिरहरूलाई के भनिन्छ ?
        -महिषपाल
३. आभिरवंशहरुले कति वर्ष शासन गरेका थिए ?
        -१११ वर्ष
४. महिषपाल वंशका पहिला राजा को हुन् ?
    -बरसिंह
५. महिषपाल वंशका अन्तिम राजा को हुन्?
    -भुवनसि
६. महिषपाल वंशी कति राजाहरूले शासन गरे र ती को को हुन् ?
    - तीन जना - वरसिँह, जयसिँह र भुवनसिँह

३. किराँत वंश
जसरी गोपालहरूलाई महिषपाल आभिरहरूले सत्ताबाट हटाए, त्यसरी नै किराँतहरूले उनीहरूलाई हटाए । आम कामरूप कामाख्यादेखि पश्‍चिम बढ्दै किराँतहरू नेपाल पसेका हुन् । यिनीहरूले महिपाल राजा भुवनसिँहलाई पराजित गरी आफ्नो शासन सत्ता स्थापित गरे र त्तिसपुस्तासम्म राज्य गरे । किरात वंशका पहिला राजा यलम्बर हुन् । उनी निकै प्रतापी थिए । त्यसपछिका प्रसिद्ध राजाहरू जुलम् (वर), स्थूंको र अन्तिम राजा गस्ती थिए । यस वंशका करिब २ जना राजाहरूले झन्डै ८०० वर्षजति नेपालमा शासन गरेको अनुमान गरिन्छ । गौतमबुद्धको जन्मभन्दा ३०० वर्ष पहिले नै किराँतहरूले नेपालमा शासन गर्न थालेका थिए । विक्रम संवत् सुरु हुँदा नेपालमा लिच्छविहरूको शासन सुरु भएको थाहा हुन्छ । यिनीहरू नेपाल आउँदा आफ्नो पवित्र ग्रन्थ 'मुन्धुम' पनि आफूहरूसँगै ल्याएका थिए । गोपाल र महिपाल राजाहरूबाट सुरु भएको नेपालको सभ्यतालाई किराँतहरूले अझै अगाडि बढाए छाउनी सङ्ग्राहलयमा रहेको किराँत राजाको यज्ञोपवित जनै लगाएको मूर्ति र विरुपाक्षको मूर्तिले त्यस सभ्यताको प्रतिनिधित्व गर्दछन् ।
१. किराँतहरुको मुलथलो कहाँ हो
    पुर्वी पहाडको तामाकोशी र दुधकोशीको किनार
२. किराँती राजा हुमतिले महाभारत युद्धमा कसको साथ दिएको मानिन्छ
    -कौरवहरुको
३.  गौतम बुद्ध कसको पालामा नेपाल आएका थिए
    सातौँ किराँती राजा जितेदास्तिको पालामा
४. अन्तिम किराँती राजा को हुन्
    गस्ती
५. यलम्बरले कसलाई पराजित गरे ?  
    - भुवनसिँह
६. कुरूक्षेत्रमा युद्ध  कुन किराँती राजाको पालामा भएको थियो ? 
    -हुमती(छैटौँ किराँती राजाको पालामा)
७. सातौ किराँती राजा को हुन् ?  
    - जितेदास्ती
८. बुद्ध नेपालमा कुन किराँती राजाको पालामा आएका हुन्
    - जितेदास्तीको पालामा
९. सम्राट अशोक कुन किराँती राजाको पालामा नेपाल आएका हुन्
    - स्थुंकोको पालामा(चौधौँ)
१०. नेपालमा कति किराँती राजाहरूले राज्य गरे ?  
    - ३२ जना
११. किराँतीहरूले कति अवधि शासन गरेका थिए
    - ८०० वर्ष
१२. पशुपतिनाथलाई किराँतहरूले के मान्दछन्
    किराँतेश्‍‍वर
१३. किराँतहरूले शिवजीलाई पारोहाङ मान्दछन् भने पार्वतीलाई के मान्दछन्
    - सुम्निमा
१४. इन्द्रजात्रामा आकाश भैरवको शिर क्षेदन कस्को पालामा भएको थियो ?  
    - यलम्बरको
१५. यलम्बरको पूर्ण कदको शालिक कहाँ छ
    -संखुवासभा
१६. किराँतकालमा कुन धर्म मानिन्थ्यो
    -शैव धर्म
१७. अन्तिम किराँतवंशी राजा को हुन् ? 
    - गस्ती

४. लिच्छविवंश
गौतम बुद्धको समयमा सोह्र जनपदमध्ये लिच्छवि जनपद वैशालीमा स्थापित थियो । जनपद समान, धर्म, भाषा, संस्कृति, रहनसहन आदि भएका मानिसहरूको भौगोलिक तथा प्रशानिक संरचना एकाइ हो । भारतका सम्राट चन्द्रगुप्‍त र समुद्र गुप्‍तका अभिलेखमा लिच्छविको उल्लेख भएको पाइन्छ । गुप्‍तवंशी र लिच्छविवंशी राजाहरूबिच वैवाहिक सम्बन्ध पनि थियो । वैशालीमा जनपद स्थापना गरेका लिच्छविहरू पछि मगध, वैशाली र कौशल देशबाट नेपाल पसेका भन्ने थाहा हुन्छ । बिहारको वैशालीबाट नेपाल पसेका लिच्छविहरूले किराँत राजाहरूलाई परास्त गरी आफू राजा भएका थिए । लिच्छवि भन्नाले देव, वर्मा, गुप्‍त र गोमी थरका मानिसलाई जनाउँछ उनीहरूले किराँतहरूलाई हराएपछि आपसमा मिलिजुली शासन गरेका थिए । लिखित प्रमाणका आधारमा हालसम्म जयवर्मा नेपालका प्रथम लिच्छवि राजा भएको प्रमाणित हुन्छ । उनको पूर्णकदको ढुङ्गाको शालिकको पादपीठमा भएको व्यहोरा हेर्दा उनी नै पहिलो लिच्छविकालीन राजा देखिएका छन् । वंशावलीमा भने लिच्छवि राजाहरूको नामको लामो सूची छ ।
१. लिच्छविहरु को थिए ? 
    भारतको वैशालिबाट आएका सुर्यवंशी क्षेत्रीयहरु
२. लिच्छविकालका प्रथम राजा को थिए ?
    - जयदेव प्रथम
३. लिच्छविकालका अन्तिम राजा को थिए 
    जयकामदेव
४. लिच्छविकालमा कसलाई के भनिन्थ्यो ?
       महासर्वदण्डनायक = प्रधानन्यायाधिश
       अमात्य = मन्त्री
       महाबलाध्यक्ष = सेना प्रमुख
       बलाध्यक्ष = राजदरबारको सर्वोच्च अधिकारी
५. लिच्छविकालमा ललितपुरलाई के भनिन्थ्यो ? 
     युपग्राम
६. लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ? 
    गुप्‍त लिपि
७. लिच्छविकालमा एक जातिले अर्को जातिसँग बिहे गरेमा के लाग्थ्यो ? 
    वर्णशंकर
८. लिच्छविकालमा वस्तुको तौल लिन के को प्रयोग गरिन्थ्यो ? 
    -तुलादण्ड
९. नेपाल सम्वत् कुन राजाको पालादेखि प्रचलनमा आएको हो ? 
    राघवदेव
१०. लिच्छविकालीन अभिलेखहरु कुन भाषामा लेखिएका छन् ? 
    संस्कृत
For more materials visit my youtube Dev Prasad Pandit .
पहिलाको सामग्रीको लागि यहाँ क्लिक गर्नुहोस् ।